आजको मौसम : यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

२२ असोज ८३, बिहीबार
Share this
678shares

२२ असोज , काठमाण्डौ ।

Advertisement

देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भू–भागमा वर्षाको सम्भावना ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा कोशी र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा ।

Advertisement

दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भने हल्का वर्षा तथा हिमपात हुनसक्ने ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षा, हिमपात र असिनाको सम्भावना।

Advertisement

आज तराईका केही स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने ।

बागमती र गण्डकीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहदा रातिसमेत कोशीसहित पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top