२२ असोज , काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५२औँ दीक्षान्त समारोहमा ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने ।
बिहीबार बसेको त्रिवि सभाको ६७औँ वार्षिक बैठक मार्फत दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको ग्रेसलिस्ट पारित।

दीक्षित हुनेमध्ये १५.१० प्रतिशत प्राविधिक र ८४.९० प्रतिशत साधारणतर्फका विद्यार्थी।
यसपटक एमफिलतर्फ २५३, विद्यावारिधितर्फ १६६ र पीजीडीतर्फ १८४ विद्यार्थी दीक्षित हुने।


संकायगत रूपमा व्यवस्थापनतर्फ सबैभन्दा धेरै ४३ हजार १२४ विद्यार्थी ।
शिक्षाशास्त्रतर्फ १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रतर्फ १५ हजार ४४१ र कानुनतर्फ ३ हजार १ विद्यार्थी दीक्षित हुने।
यस्तै, विज्ञान तथा प्रविधितर्फ ६ हजार ६८८, इन्जिनियरिङतर्फ ५ हजार १६०, चिकित्साशास्त्रतर्फ १ हजार ९२०, कृषि तथा पशु विज्ञानतर्फ ४६३ र वन विज्ञानतर्फ १९२ विद्यार्थी दीक्षित हुने त्रिविले गरायो जानकारी।



