२३ असोज , काठमाण्डौ ।
दसैँ–तिहारलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायी तथा सरोकारवाला निकायको संयुक्त बैठकले लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेपछि बसपार्कमा यात्रुको लाइन ।

टिकट बुकिङ सुरु हुनुअघि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको लामो लाइन देखियो ।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार मंगलबार राति ९ बजेदेखि नै यात्रु टिकट लिन लाइनमा बसेका थिए।

बझाङ, बाजुरा र धनगढी जाने यात्रु रातिदेखि नै बसपार्क पुगेका हुन्।
यात्रुको चाप व्यवस्थापन गर्न १५ वटा टिकट काउन्टर थप ।फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट परमिट खुला गरिने ।
चाडपर्वमा सडकको चाप व्यवस्थापन गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न र खसीबोकाजस्ता अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकता दिइने ।
यात्रु ठगी तथा कालोबजारी रोक्न र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका र स्टेसनमा सहायता कक्ष राखिने ।





