दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ दल, ३५१ जनाको केन्द्रीय समिति

२३ असोज ८३, शुक्रबार
Share this
693shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता ।

यसअघि ‘नागरिक बचाउ दल’का रूपमा दर्ता रहेको दलको नाम संशोधन गरी नेपाल पथ दल बनाइयो ।

Advertisement

दलका पूर्वअध्यक्ष माधवप्रसाद खतिवडाका अनुसार नाम संशोधन भइसकेको छ र निर्वाचन आयोगबाट नयाँ प्रमाणपत्रसमेत प्राप्त ।

प्रसाईं लामो समयदेखि नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै आएका थिए।

Advertisement

गत फागुनमा भएको निर्वाचनअघि उक्त अभियानलाई ‘नागरिक बचाउ दल’ नाम दिएर आयोगमा दर्ता गरिएको थियो।

नयाँ दलको चुनाव चिह्न परिवारसहितको घर राखिएको छ।

३५१ सदस्यीय केन्द्रीय समिति रहेको दलमा प्रसाईं अध्यक्ष बने पनि उनीबाहेक अन्य पदाधिकारी भने चयन भइसकेका छैनन्।

यसअघि प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाहिरिएका डा. धवलशम्शेर राणासँग सहकार्य गर्दै ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरेका थिए।

तर, केही विषयमा सहमति जुट्न नसकेपछि प्रसाईं उक्त सहकार्यबाट अलग भएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top