ठगी आरोपमा बिनिता खड्का पक्राउ

२४ असोज ८३, शनिबार
Share this
737shares

२४ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गर्‍यो पक्राउ ।

खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई ब्युरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट गरेको थियो पक्राउ।

Advertisement

वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा खड्कालाई पक्राउ गरिएको सीआईबीको दाबी ।

उक्त प्रकरणमा प्रहरीले यसअघि ४ जनालाई गरेको थियो पक्राउ ।

Advertisement

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ परेका थिए पक्राउ ।

केयर गिभरको रोजगारीका लागि इजरायलमा पठाउँछौँ भनेर आरोपीहरूले २ करोड ५५ लाख ठगी गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष ।

दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको दिएकी बयान ।

आरोपी खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलासा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top