२६ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) निर्वाचित ।
आइतबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार संग्रौलाले ३ हजार ११८ मत प्राप्त गर्दै विजय हासिल गरिन् ।

महिला महामन्त्री पदमा संग्रौलाकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा संग्रौलाले उपाध्यायलाई २५४ मतको अन्तरले पराजित गरिन् ।
त्यस्तै, उक्त पदमा प्रतिस्पर्धा गरेकी रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

महिला महामन्त्रीमा निर्वाचित संग्रौलाले पार्टीभित्र महिलाको प्रतिनिधित्व, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशामा कस्तो भूमिका निर्वाह गर्छिन् भन्ने चासो



