बेलायतबाट बाढीपीडितका लागि ३० लाख २० हजार रुपैयाँ सहयोग

२६ असोज ८३, सोमबार
Share this
815shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

बेलायतको अक्सफोर्डस्थित परोपकारी संस्था ‘हेल्प फर नेपाल’को अगुवाइमा नेप्लिज कम्युनिटी अक्सफोर्डसायर र जीवन विज्ञान यूकेको सहकार्यमा नेपालका बाढीपीडित परिवार तथा प्रभावित समुदायका लागि ३० लाख २० हजार रुपैयाँ आर्थिक सहयोग संकलन ।

दुई छुट्टाछुट्टै अभियानमार्फत संकलित रकममध्ये हेल्प फर नेपाल र नेप्लिज कम्युनिटी अक्सफोर्डसायरको संयुक्त पहलबाट २५ लाख ५० हजार रुपैयाँ संकलन गरी लन्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हेल्प फर नेपालका अध्यक्ष क्याप्टेन (अवकाश प्राप्त) तुलसी पौडेलले दिए जानकारी ।

Advertisement

त्यसैगरी, हेल्प फर नेपाल र जीवन विज्ञान यूकेको संयुक्त अभियानबाट संकलित थप ४ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि जीवन विज्ञान फाउन्डेसन नेपाललाई पठाइएको पौडेलको भनाइ ।

प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीहरूको दुःखमा साथ दिन बेलायतस्थित नेपाली समुदायले देखाएको एकता, उदारता र मानवीय भावनाको प्रशंसा गर्दै सहयोगी दाता, स्वयंसेवक तथा अभियानमा योगदान पु¥याउने सबैप्रति हेल्प फर नेपालका अध्यक्ष पौडेलद्वारा आभार व्यक्त ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top