दबाब र प्रभावमुक्त भएर काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

२६ असोज ८३, सोमबार
Share this
690shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

पार्टी वा सरकारीस्तरबाटै आयोजित कार्यक्रम होस्, संसद वा अन्य कुनै पनि औपचारिक कार्यक्रममा खासै जान नचाहाने तर सेनाले आयोजना गरेको कार्यक्रममा भने पुग्ने गरेको आरोप खेप्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह आज पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका छन् ।

उनी नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन् । महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित १–१८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त समारोहलाई उनले सम्बोधन पनि गरेका छन् ।

Advertisement

सोक्रममा प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न प्रहरीहरुलाई आग्रह गरे । शाहले भने, ‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’

Advertisement

आफ्ना छोराछोरीलाई प्रहरीजस्तो चुनौतीपूर्ण पेसामा आबद्ध गराउने अभिभावक र परिवार प्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको पहिलो मानक इमानदारिता र नैतिकता भएको बताए । उनले भने, ‘जिम्मेवारीमा जबाफदेहिता महत्त्वपूर्ण हो ।’

आधारभूत तालिम पुरा गरेर कार्यक्षेत्र प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई शाहले कुनै पनि दबाब र प्रभावमा नपर्न आग्रह गरेका छन् । उनले भने, ‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन ।’ ‘संगठनको प्रोटोकल विपरीतको काममा संलग्न हुनुहुनेछैन भन्ने विश्वास छ’ उनले भने, ‘समयको बदलावसँगै अपराध प्रवृत्त बदलिएको छ ।’

परिणाममुखी अनुसन्धानको लागि प्राविधिकको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै शाहले भने, ‘अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर छ ।’ प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार प्रहरी निरीक्षक १–१८४ औँ समूहमा ७९ जना दीक्षित भएका छन् ।

८ जना महिला र ७१ पुरुष रहेको सो समूहले ३४० दिनसम्म चलेको कठिन तालिम पुरा गरेका हुन् । समारोहमा मुख्य सचिव गोविन्द बहादुर कार्की, आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायदत्त पौडेल लगायतका अधिकारीहरू उपस्थित थिए ।

उनीहरुका अघि प्रधानमन्त्री शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका हुन् । प्रहरी प्रमुख कार्कीमाथि रास्वपाकै सांसद खगेन्द्र सुनारले अनियमितता गरेको गम्भीर आरोप लगाउँदै आएका छन् ।

जसका लागि उनीविरुद्ध संसदीय अध्ययन समितिसमेत गठन भएको छ । यता प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए ।

उनले भने,’पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु–गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहमं आवश्यकता पर्दछ। जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला।’

उनले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढङ्गको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा बताए ।
प्रधानमन्त्री शाहले भने,’यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला। एकलभावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ।’

आफ्नो सङ्गठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे ।

’अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ। यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ’सरकारले यस प्रकारको अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन र यहाँहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध छ।’

प्रधानमन्त्री शाहले आज दीक्षित भएका प्रहरीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गरे। उनले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गरे। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीका अभिभावक र प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो । तालिम पूरा गरेका अधिकृतले अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पु¥याउनेछन् । प्रधानमन्त्री बालेन यसअघि नेपाली सेनाको दीक्षान्त समारोहमा पहिलो पटक सहभागी भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top