दशैँको अवसरमा हनर नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट

२६ असोज ८३, सोमबार
Share this
746shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

नेपालीहरूको महान् पर्व बडादशैँको अवसरमा नेपालमा हनर स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रा. लि. ले देशभरका ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट गर्दै विशेष केक कटिङ कार्यक्रम आयोजना गरेको छ।

रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै दशैँको शुभकामना आदानप्रदान गरेको थियो।

Advertisement

ब्रान्डको टोली आफ्नै पसलमा पुगेर यस्तो विशेष कार्यक्रम आयोजना गर्दा रिटेलर्स उत्साहित र खुसी भएका थिए।

हनर स्मार्टफोनको बजार विस्तारमा रिटेलर्सको महत्त्वपूर्ण योगदानको कदर गर्दै आयोजना गरिएको यस कार्यक्रमले सेल्ट्रोन नेपाल र रिटेलर्सबीचको व्यावसायिक सम्बन्धलाई थप आत्मीय बनाएको छ।

Advertisement

सेल्ट्रोन नेपालका लागि रिटेलर्स केवल व्यावसायिक साझेदार मात्र नभई हनरको सफलताका सहयात्री हुन्। उनीहरूको विश्वास, साथ र सहकार्यलाई सम्मान गर्दै कम्पनीले आगामी दिनमा पनि आपसी सम्बन्धलाई थप सुदृढ बनाउने र हनर ब्रान्डलाई नेपाली उपभोक्तामाझ अझ स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top