२७ असोज , काठमाण्डौ ।
रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुमा ओमानविरुद्ध २ सय ६४ रनको चुनौती प्रस्तुत ।
ओमानी रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो ।

ओपनर आशिफ शेख ४ रनमा आउट हुँदा नेपालले १७ रन बनाएको थियो ।
त्यसपछि दोस्रो विकेटको लागि अर्जुन कुमाल र इशान पाण्डेले गरे ६४ रनको साझेदारी ।

इशान ३७ रनमा आउट हुँदा ४० रन बनाएर ओपनर अर्जुन पबिलियन फर्किए ।
त्यसपछि रोहित पौडेल र बसिर अहमदले गरे शतकीय साझेदारी ।
चौथो विकेटका लागि १ सय ६ रनको साझेदारी गरेर बसिर ३७ रनमा आउट हुँदा रोहितले बनाए अर्धशतक ।
५८ बल खेल्दै २ चौका र १ छक्का सहित रोहितको ओडिआई करियरको १३ औं अर्धशतक पुरा ।
उनी ६१ रनमा आउट ।
दीपेन्द्र सिंह ऐरी २२ र सन्दीप जोरा १० रनमा आउट हुँदा नेपालले ४६ ओभर १ बलमा २ सय १६ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।
यसपछि करण केसीले गरे विष्फोटक ब्याटिङ ।
१६ बलमा १ चौका र ४ छक्का सहित अविजित ४० रनमा क्रिजमा रहे ।
बलिङमा साह फैसल, सकिल अहमद र करण सोनाभालेले २÷२ विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा क्यानडालाई हराएको थियो ।



