दुर्गा मूर्ति सेलाउने क्रममा झडप भएपछि कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

clglZrt sflng skmo'{===== b'u{f ejfgLsf] d'lt{ ;]nfpg] qmddf slknj:t'sf] s[i0fgu/df ljjfb x'Fbf slknj:t' k|zf;gn] skmo'{ nufPsf] 5 . zlgaf/b]lv s[i0fgu/ ljjfbu|:t ag]sf] lyof] . ljjfb b'O{ lbg;Dd klg ;fDo gePkl5 l:ylt lgoGq0fdf lng cfOtaf/ ;fFem % ah]af6 clglZrtsflng skmo{ nufOPsf] 5 . t:jL/ M z]l/km s];L, slknj:t', /f;;

कपिलवस्तु ,कात्तिक ४
दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद हुँदा झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा हिँजो साँझबाट निषेधाज्ञा (कफ्र्यु) लगाईएको छ ।

मुर्ती सेलाउने क्रममा युवाबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले हिजो साँझ ५ बजेदेखि निषेधाज्ञा लगाएकोे हो ।दुर्गा बिसर्जनको क्रममा सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलका अनुसार प्रजिअ र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (क) अनुसार अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

सामान्य विषय भए पनि हिंसा भड्किने खतरा आएकाले ‘कफ्र्यु’ जारी गर्नुपरेको प्रजिअ पोखरेलले बताए । उनले दुई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि ‘कफ्र्यु’जारी गरिएको बताए ।

अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदङ्गा नगर्न आदेश दिइएको छ ।