सरकारले जारी ग¥यो साइबर सुरक्षा एड्भाइजरी

१२ कात्तिक २०८३, बिहीबार
Share this
711shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट सरकारी वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षा सुदृढ गर्न साइबर सुरक्षा एड्भाइजरी जारी ।

केन्द्रले नोड डट जेएस रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको जनाउँदै सम्बन्धित निकायलाई प्रयोग भइरहेको संस्करण जाँच गरी नयाँ संस्करणमा अद्यावधिक गर्न आग्रह ।

Advertisement

केन्द्रका अनुसार सुरक्षा कमजोरीको दुरुपयोग भएमा प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने तथा प्रणालीका कार्यमा अनधिकृत नियन्त्रण कायम हुन सक्ने जोखिम रहने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मातहत रहेको केन्द्रद्वारा संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय तथा स्थानीय तहका सम्बन्धित संस्थालाई परिपत्र ।

Advertisement

केन्द्रद्वारा सरकारी वेबसाइटमा वैध एसएसएल÷टीएलएस प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न निर्देशन ।

वेबसाइटमा प्रयोग भएका प्रमाणपत्रको वैधता जाँच गर्न, म्याद सकिएका प्रमाणपत्र नवीकरण गर्न तथा प्रमाणपत्र नभएका वेबसाइटमा आधिकारिक निकायबाट प्रमाणपत्र लिएर जडान गर्नुपर्ने ।

असुरक्षित प्रोटोकल बन्द गरी आवश्यक सुरक्षा मापदण्ड कार्यान्वयन गर्न पनि केन्द्रले आग्रह गरेको छ।

नागरिकका व्यक्तिगत विवरण तथा संवेदनशील सूचना सुरक्षित राख्न र साइबर आक्रमणको जोखिम घटाउन यस्तो व्यवस्था आवश्यक रहेको केन्द्रले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top