कास्की कारागारबाट जन्मकैदको सजाय पाएका कैदी भागे

१२ कात्तिक २०८३, बिहीबार
Share this
775shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले उब्जायो कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न ।

असोज ३१ गते राति २ बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्याङ चढेर भागेपछि प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रुपमा भागेको दिए जानकारी ।

जलारीले कारागारभित्र पसलसमेत चलाएर बस्ने गरेको प्रहरी उपरीक्षक कार्कीको भनाइ ।

Advertisement

कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको उल्लेख ।

कारागारबाट यसरी कैदी भागेका घटना बिरलै हुने गरेको भन्दै उनले कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रुपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको सुनाए ।

कारागारका जेलर घनश्याम गौतमले भने भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको उल्लेख ।

अब जलारीलाई ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै रहेको र पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्ने ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top