१२ कार्तिक,काठमाण्डौ ।
सम्भावित वर्षा र हिमपातका कारण विपद्जन्य घटना हुन सक्ने भन्दै मनाङ प्रहरीद्वारा स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार कात्तिक १२ र १३ गते वर्षा तथा हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चामे गाउँपालिका–४ स्थित चामे बजार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराइयो।

प्रहरीले सम्भावित जोखिमबारे जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन स्थानीय जनसमुदायलाई अनुरोध ।
सम्भावित मौसमजन्य विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दालाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालय मनाङले दियो जानकारी ।




