१२ कार्तिक,काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा काठमान्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा सहजै पूरा गरेको हो ।
जनकपुरका लागि मोइन अलीले अर्धशतक प्रहार गरे । यससंगै सिजन ३ को एनपीएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको हो । जनकपुरको जितमा नायक बनेका मोइन अलीले अर्धशतकीय पारी खेल्दै टोलीलाई जितसम्म डो¥याए । यसअघि, पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो ।

यता, काठमाडौँले भने पहिलो खेलमा हारको स्वाद चाखेको छ । जनकपुरले जितको खाता खेल्दै दुई अंक जोडेको छ । जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अली ५१ बलमा ५८ रनमा अविजित रहे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए ।
हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे । ७ रनमा ओपनर तृतराज दासलाई गुमाएको जनकपुरले ३७ रन जोड्दा मयन यादवलाई गुमाएको थियो । तृत ५ र मयन ९ रनमा आउट भएका थिए । त्यसपछि जनकपुरको ब्याटिङ मोइन र हसनले सम्हालेका थिए ।

बलिङमा काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो । काठमाण्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे ।
राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिए । सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।
ब्याटिङमा काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । काठमाण्डुले खेल भर नै ठूलो साझेदारी बनाउन सकेन । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमाण्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो ।
साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए । त्यसपछि पनि काठमाण्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने ।
रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे । पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । आजको खेलमा १६ वर्षीय राहुल यादवको प्रदर्शन शनशनीपूर्ण रह्यो । उनले एनपीएलको डेब्यु खेलमै जनकपुर बोल्ट्सको लागि विकेट लिए ।
पहिलो खेलमा जनकपुर हा¥यो तर यादवले चार ओभरमा १५ रन दिएर २ विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय डेब्युमा एनपीएलमा पहिलो बलमा दीपक डुम्रेलाई आउट गरेका थिए । उनले पहिलो खेमला दोस्रो विकेटको रूपमा पाकिस्तानका अलराउन्डर हुसेन तलातलाई आउट गरेका थिए ।
उनले डुम्रेलाई १३ र तलातलाई ३ रनमा आउट गरेका थिए । बिहीबार उनै यादवले जब काठमाडौं गोर्खाजविरुद्ध अवसर पाए आफूलाई प्रमाणित गरेरै छोडे । ओपनर दुईसहितका चार विकेट चट्काएपछि यी १६ वर्ष १५८ दिनका यादवको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ ।
दाहिने हाते मिडियम पेस बलर उनले काठमाडौंका स्मित पाटिललाई १३ र साम हेजलेटलाई १ रनमा आउट गरे । दुवै ओपनर ब्याटर हुन् । त्यसपछि पनि उनको विकेट लिने क्रम रोकिएन । काठमाडौंको कप्तान करण केसीलाई ८ रनमै उनै यादवले आउट गरे ।
अझै खेल्न आएको पहिलो बलमै टी–२० का आक्रामक खेलाडी मोहम्मद आदिल आलमलाई आउट गरेपछि राहुलले झन् बढी चर्चा पाएका छन् । ४ ओभरमा ३१ रन दिँदा उनले ओपनर दुई ब्याटर, कप्तान करण र आदिलको विकेट लिए ।
जसको मुख्य ब्याटरलाई राहुलले सिकार बनाएपछि काठमाडौं ११५ रनमै अलआउट भयो । जसले पहिलो जितको आधार पनि दियो । १७ वर्ष पनि नपुगेका यादव रौतहत चन्द्रनिगाहपुरका हुन् । नेपाली राष्ट्रिय टिममा करण केसी र सोमपाल कामीपछि मिडियम फास्ट बलरको अभाव छ ।
यस्तोमा नन्दन यादव एउटा विकल्पमा रूपमा देखिँदा राहुल अर्को सम्भावनायुक्त खेलाडीको रूपमा उदाउने देखिएको छ । राहुल एनपीएलको तेस्रो सिजनमा नियमित अक्सनबाट छानिएका खेलाडी होइनन् । फ्रेन्चाइजको ट्यालेन्टअन्तर्गत छानिएका युवा खेलाडी हुन् ।
सात जनाबाट राहुल आइकोनिक खेलाडीको रूपमा छानिएका थिए । उनको प्रतिभालाई हेरेरै डेब्यु खेलको पनि पावरप्लेमै राहुललाई टिमले विश्वास गरेको थियो । सो विश्वासमा खरो उत्रिँदै उनले दुई विकेट हात पारेका थिए । दोस्रो खेलमा पनि त टिमको जितको प्रत्यक्ष योगदान दिनमा उनै किशोर देखिए
। मुख्य ब्याटरलाई राहुलले आउट गरेपछि काठमाडौंले जनकपुरलाई झिनो लक्ष्य दिएको थियो । राहुलले रौतहटको चन्द्रपुर क्रिकेट एकेडेमीमा प्रशिक्षण लिएका हुन् । अब आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन् ।



