१६ कार्तिक , काठमाण्डौ ।
नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढ्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम ।

आइतबार सुनको मूल्य एकैदिन ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो।
त्यसअघि लगातार चार दिनमा भने सुनको भाउ ५ हजार रुपैयाँले बढेको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ पुग्यो ।

आइतबार चाँदीको भाउ १ सय ७५ रुपैयाँले घटेर ३ हजार ६ सय ५० रुपैयाँ कायम भएको थियो।
यसअघि गत माघ १५ गते सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेर ऐतिहासिक उच्च रेकर्ड कायम गरेको थियो।



