दशैँ जस्ता चाडमा स्वस्थ्य खानपान

५ कात्तिक ७५, मंगलबार

काठमाडौँ,कात्तिक ५
धेरैजसो चाडपर्वमा मासु आदि मिष्ठान्न अनिवार्यजस्तै हुन्छ । प्रोटिनयुक्त खानेकुरा बढी खाने र फुर्सदको समय हुँदा आराम बढी गरिन्छ । खानपान बढी हुने र ब्यायम नहुनाले खाएको खानेकुरा अपच भएर धेरै बिरामी हुन्छन् ।

चाडबाडमा चिल्लो, पिरो, अमिलो तथा बोसोयुक्त खानेकुरा मन पराइन्छ । तर यी मात्र नभई यस्ता खानेकुरासँगै हरिया सागपात तथा ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ ।

चिल्लो, अमिलो, पिरो आदि खानेकुराले ग्याँस्ट्रिक बढाउने, टन्सिल हुने आदि समस्या सिर्जना गर्छ । त्यसका साथै कोलेस्ट्रोलसमेत वृद्धि हुन्छ । बोसोको मात्रा बढ्छ भने अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् ।

चाडबाडमा मसलेदार परिकारलाई प्राथमिकता दिइन्छ । यस्ता परिकार पकाउँदा घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याज आदि मसला प्रयोग गरिएको छ भने त्यसले त्यति असर गर्दैन तर बजारमा पाइने रेडिमेट मसलाको शुद्धताको ग्यारेन्टी गर्न नसकिने हुँदा तिनले शरीरमा मन्द विषको काम गर्छन्, त्यसैले घरमै तयार गरिएको मसला प्रयोग गर्नु उपयुक्त मानिन्छ ।

कति मासु खाने

एउटा जवान मानिसले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु उपयुक्त हुन्छ । विश्व स्वास्थ्य संगठनले १ केजी तौल बराबर १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खानु फाइदाजनक नै हुन्छ । मासु पकाउनुअघि नै छाला र बोसो हटाए उक्त मासु बढी स्वस्थकर हुन्छ । तेल कम प्रयोग गर्ने र सकेसम्म घिउ नखाने, तेल पनि सकभर तोरीकै प्रयोग गर्नुपर्छ ।

कस्तो मासु खाने ?

ताजा मासुलाई नै प्राथमिकता दिनुपर्छ । मासु बासी हो भने अलिकति बढी तेल तथा मसला हालेर मासुमा भएको पानी सुकाउनुपर्छ र पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित राखेर खानुपर्छ ।

कस्तो समस्या भएकाले कस्तो मासु खाने ?

मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका तथा कोलेस्ट्रोल बढी भएका बिरामीले बोसोयुक्त मासु खानु हुँदैन । बोसो नभएको मासु पनि उसिनेर मात्र खानुपर्छ । उसिनेको मासुमा हल्का जिराको धूलो तथा कागती हालेर खानु उपयुक्तका साथै स्वादिष्ट समेत हुन्छ । स्वस्थ मानिसले पचाउन सक्ने कवाफ बनाएर खान सक्छन् । खसीको मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलेस्ट्रोल बढाउने, अपच हुनेदेखि लिएर फुड प्वाइजनसम्म हुन सक्छ । युरिक एसिडका बिरामीले रातो मासु खानु हुँदैन ।

खाद्यान्न समूह

तरकारी तथा गेडागुडी समूह माछा, मासु, अण्डा आदि समूह दूध अथवा दूधबाट बनेका परिकारका समूह फलफूलका समूह

व्यायाम

दसैंमा प्रोटिनयुक्त खानेकुरा बढी खाइने हुँदा मोटोपन वृद्धि हुने, ग्याँस्ट्रिक बढ्ने समस्या सामान्य हो । त्यसका लागि दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्ने । यसले खाना पचाउन सहयोग गर्छ । ग्याँस्ट्रिक कम गर्न उसिनेको तथा रसयुक्त मासु खानु उपयुक्त हुन्छ । दसैंमा मासु मात्र नखाएर सन्तुलित भोजन गर्नुपर्छ । पाँचै समूहका खाना मिलाएर खाए स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।

पेयपदार्थ कति खाने ?

दसैंको अर्को आकर्षण पेयपदार्थ तथा मदिरा पनि हो । पेयपदार्थ ९कोल्ड ड्रिंक्स० मा प्रशस्त मात्रामा चिनी हुन्छ । एक गिलास ९२५ (एमएल) कोकमा २७ ग्राम चिनी हुन्छ । एक दिनमा २० ग्रामसम्म चिनी खान सकिन्छ । बढी चिनी प्रयोग गर्दा मधुमेह हुन सक्छ । मदिराको सेवनबाट उच्च रक्तचाप, कलेजोमा खराबी तथा क्यान्सरजस्ता रोग लाग्न सक्छन् ।

फलफूल बढी, नुन कम खाने

फलफूल तथा तरकारी दिनमा ५ सय ग्रामभन्दा बढी खानुपर्छ । दसैंमा थोरै मासु तथा सागपात, मुला, काँक्रा, गाजरजस्ता तरकारी एवंफलफूल बढी प्रयोग गरे विभिन्न रोगबाट जोगिन सकिन्छ । तरकारी तथा फलफूलले उच्च रक्तचाप घटाउँछ, मुटुरोग कम गर्छ अनि पाचन प्रणाली बलियो बनाउँछ । यस्तै नुनको प्रयोग सकेसम्म कम गर्नु स्वास्थ्यका दृष्टिले उपयुक्त हो । मासु र अचारमा नुनको मात्रा बढी हुन्छ । एक दिनमा ५ देखि ८ ग्राम (एक चिया चम्चा) नुन सेवन गर्न सकिन्छ । नुनले उच्च रक्तचापका बिरामीलाई नकारात्मक असर गर्छ ।

साप्ताहिकबाट

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top