१६ कार्तिक , काठमाण्डौ।
संक्रमणकालीन (टीआरसी) न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ सहित विभिन्न ६ वटा ऐनको कार्यान्वयनको अवस्था मापन गरिँदै ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले छ वटा ऐन छनोट गरी कार्यान्वयनको अवस्था मापन गर्न लागेको हो ।

ऐन कार्यान्वयन मापन गर्ने ऐन छनोट गर्न यसअघि नै विधायन व्यवस्थपन समितिले अध्ययन तथा सिफारिस समिति गठन गरेको थियो ।
यस निम्ति विधायन व्यवस्थापन समितिले गत साउन ४ गते सांसद डा. अञ्जान शाक्यको नेतृत्वमा ऐन कार्यान्वयन मापन अध्ययन तथा सिफारिस उपसमिति गठन गरेको थियो ।
उपसमितिले विभिन्न ६ वटा ऐन कार्यान्वयनका लागि छनोट गरेर यही कातिक १३ गते मूल समितिमा बुझाएको जानकारी ।



