१७ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने ।

तीन खेल खेलिसकेको विराटनगर किंग्सले अहिलेसम्म एउटा खेलमा मात्रै जित हासिल गरेको छ।
आज आफ्नो चौथो खेल खेल्न लागेको विराटनगर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने ।
यता तीन खेल खेलिसकेको जनकपुरले दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजय बेहोरेको छ।
आजको खेल जित्दै जनकपुर लगातार तेस्रो जित निकाल्ने प्रयासमा हुने ।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुने ।
दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँडेको थियो। लुम्बिनी अहिलेसम्म अपराजित टोली हो ।
अर्कोतर्फ पोखरा एभेन्जर्सले दुई खेल खेल्दा पनि जित निकाल्न सकेको छैन।
दुवै खेलमा पराजित पोखरा आज आफ्नो तेस्रो खेलमा पहिलो जितको खोजीमा हुने ।



