१७ कार्तिक , काठमाण्डौ ।
नेपाल बीमा प्राधिकरणद्धारा रसुवा बाढी पीडित बीमितहरूको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई ८ बुँदे निर्देशन जारी ।
निर्देशन अनुसार, मृत्यु वा बेपत्ता पुष्टि गर्न स्थानीय तहको सिफारिस वा अदालतको न्यायिक घोषणालाई मान्यता दिइने ।

बीमालेखको सक्कल कागजात नष्ट भएको अवस्थामा कम्पनीको अभिलेखका आधारमा भुक्तानी गरिनेछ र किस्ता तिर्न ६ महिनाको ब्याज छुटसहित म्याद थपिने ।
गत भदौ १० गते भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी प्रक्रियामा देहायबमोजिमको सरलीकृत व्यवस्था लागू गर्न निर्देशन दिइएको हो ।
निर्देशनमा जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रियालाई झन्झटमुक्त बनाउनुका साथै प्रिमियम र कर्जाको किस्ता तिर्न ६ महिनाको अतिरिक्त समय उपलब्ध गराएको जानकारी ।



