१७ कार्तिक , काठमाण्डौ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूद्वारा श्रममन्त्री रामजी यादवसँग भेट गरी नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन दिए निमन्त्रणा ।
साथै, सम्मेलन सफल बनाउन मन्त्रालयको आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि अनुरोध ।

भेटका क्रममा सम्मेलनको उद्देश्य, तयारी तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका समस्या र चुनौतीबारे छलफल भएको थियो।
विशेषगरी नेपाली श्रमिकको हकहित, सुरक्षा, सामाजिक संरक्षण तथा श्रमिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर सम्मेलन आयोजना गर्न लागिएको एनआरएनएको जानकारी ।
त्यस्तै, सम्मेलन सफल बनाउन मन्त्रालयको तर्फबाट आवश्यक समन्वय, सहजीकरण तथा आतिथ्यताका लागि समेत अनुरोध ।
एनआरएनएको आयोजनामा नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुँदै ।
सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी तथा व्यवस्थापकीय कामहरू अगाडि बढाइएको संघको भनाइ ।



