कोशी र गण्डकीमा वर्षाको सम्भावना

१८ कात्तिक २०८३, बुधबार
Share this
730shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

देशका केही भूभागमा आज हल्का वर्षा हुने सम्भावना ।

नेपाल मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान ।

Advertisement

विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा मौसम मुख्यतया सफा रहने ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने ।

दिउँसोको समयमा विशेषगरी कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने ।

त्यसैगरी, आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ भने देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागको अनुमान ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top