१८ कार्तिक , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) नेतृ तोसिमा कार्कीद्धारा आफ्नै पार्टीको सरकार र सरकारमा सहभागी ३ मन्त्रीलाई विगतमा लगाइएको नारा स्मरण ।
सामाजिक सञ्जालमार्फत डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल ।

विगतमा लगाइएको नारा सम्झाउँदै उनले सरकारमा सहभागी ३ मन्त्रीलाई ट्याग गरेर स्मरण गराइन् ।
‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न, एक–दुई–तीन–चारः बन्द गर भ्रष्टाचार, वि आर विथ डा. गोविन्द केसी, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा,’ उनले लेखेकी छन्, ‘माइतीघर–बानेश्वरमा पटक पटक घन्काईएका यी नाराहरु याद छ ? डा. केसी पागल हुन् भने ‘म पनि पागल हुँ’ भनेर आआफ्नो निधारमा बाँधेको त्यो फेटा याद छ ?
’उनले सरकारका मन्त्रीहरु सस्मित पोखरेल, विराजभक्त श्रेष्ठ र शिशिर खनाललाई यो स्ट्याटस ट्याग गरेकी छन् ।



