वाग्मतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

२० कात्तिक २०८३, शुक्रबार
Share this
696shares

२० कार्तिक , काठमाण्डौ ।

Advertisement

देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना ।

नेपाल मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान ।

Advertisement

विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने ।

रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना ।

राति कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको भनाइ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top