२० कार्तिक , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिए जवाफ ।
सभापति लामिछानेले बिहीबार सरकारले आईजीपी हटाउने निर्णयको औचित्य पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

रास्वपाका अन्य नेताहरूले पनि पार्टीसँग छलफल नगरी सरकारले यस्तो निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको निर्णयमाथि उठेका प्रश्नको दिए जवाफ ।
उनले आफू नेतृत्वको सरकार देश जोगाउने उद्देश्यका साथ अघि बढिरहेको र पार्टीले पनि सरकारप्रति आशा राखेको आशय व्यक्त गरे।
प्रधानमन्त्री शाहद्वारा अन्य राजनीतिक दलहरूको कार्यशैलीप्रति समेत टिप्पणी ।
उनका अनुसार अन्य दलमा कार्यकर्ता संघर्ष गर्ने तर नेता हाँसेर बस्ने प्रवृत्ति देखिएको उल्लेख ।
उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् । फरक यति हो । देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’



