२० कार्तिक , काठमाण्डौ ।
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनको दर्ता सम्बन्धमा आज टुंगो लाग्ने ।
सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै त्यसलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न र आफूलाई पुनः प्रहरी महानिरीक्षकमा बहाल गर्न कार्कीको माग ।

बिहीबार बिहान साढे १० बजे सर्वोच्च अदालत प्रशासनमा पेस गरिएको रिट अध्ययनका लागि राखिएको थियो।
मुख्य रजिस्ट्रारले अध्ययनपछि मात्र दर्ता गर्ने वा नगर्ने निर्णय हुने जानकारी दिएको र रिट दर्ताको विषयमा शुक्रबार टुंगो लाग्ने अधिवक्ता टीका कुँवरको भनाइ ।
आफूलाई कुनै सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीको जिकिर ।
सरकारले कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ भने तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त ।



