घट्यो अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य

२६ कात्तिक २०८३, बिहीबार
Share this
717shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरूको विनिमयदर अनुसार अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको मूल्य अघिल्लो दिनको तुलनामा घट्यो ।

आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा कायम ।

Advertisement

क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा कायम।

यसैगरी, आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा निर्धारण गरिदा साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा, कतारी रियाल ४१ रुपैयाँ ५ पैसा र यूएई दिराम ४० रुपैयाँ ७३ पैसा तोकियो ।

आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने राष्ट्र बैंकको सुचनामा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top