२६ कार्तिक , काठमाण्डौ ।
काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै ।
आज बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झर्याे ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखियो ।
बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो।
एक दिनमै तापक्रम घटेपछि उपत्यकामा चिसो थप बढ्यो ।
मौसमविद्का अनुसार आज काठमाडौँमा पानी पर्ने सम्भावना नरहेकाले दिनभर मौसम घमाइलो रहने अनुमान ।
यद्यपि, बीचबीचमा बादल देखिन सक्ने ।
बुधबार भने उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको थियो।



