२७ कार्तिक , काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल छ अनि तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु÷कुहिरो लागेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार ५ दिनका लागि गरेको मौसम प्रक्षेपणको खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं ।पश्चिमी वायुको प्रभावका कारण आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । केही स्थानमा मेघ गर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् । नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार, शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर, आईतबार पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ । आइतबार विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद् पोखरेलले बताइन् । त्यस्तै, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघ गर्जन र चट्याङको सम्भावना पनि रहने उनको भनाइ छ । विशेष गरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पु¥याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ । यद्यपि, अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन । यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुनसक्ने सम्भावना रहे पनि यसलाई असामान्य मौसमी जोखिमका रूपमा लिनुपर्ने अवस्था नरहेको उनले बताइन् ।उनले भनेकी छन्, आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ । तर, आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा पनि छिटपुट वर्षा हुनसक्छ । वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले विशेषगरी धानबाली काट्न बाँकी रहेका किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । धान र पराल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्छ । हिउँदमा एल निनोको प्रभाव मनसुनको तुलनामा फरक हुने भएकाले यसले वर्षालाई अनिवार्य रूपमा घटाउँछ भन्ने हुँदैन । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदे वर्षा र हिमपात हुन सक्छ, जुन हिउँदे बालीका लागि लाभदायक पनि हुन्छ । हाल ठूलो मौसमी प्रणाली विकास भएको अवस्था छैन । तर पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी क्षेत्रमा मध्यम वर्षा, असिना तथा उच्च हिमाली क्षेत्रमा मध्यम हिमपात हुनसक्ने सम्भावना छ । त्यसैले आत्तिनुपर्ने अवस्था नभए पनि मौसम पूर्वानुमान र अद्यावधिक परामर्शमा ध्यान दिन आवश्यक छ ।अब ५ दिनको मौसमी अनुमानको चर्चा गरौं । आज राति देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ।
तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ।भोलि कार्तिक २८ गते (शनिबार) दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया तथा बाँकी हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। मधेस प्रदेशका साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ।

यस्तै राति देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ।अब आइतबारको मौसमी पूर्वानुमानको चर्चा गरौं । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशलगायत बागमती र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ।
आइतबार राति देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्नेछ। देशका हिमाली भूभाग तथा कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ।यस्तै कार्तिक ३० गते सोमबार , कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्नेछ।
यस्तै मंसिर १ गते मंगलबार भने कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्नेछ। कोसी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।



