दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

२ मंसिर २०८३, बुधबार
Share this
775shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकियो ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको जानकारी ।

Advertisement

भट्टको हकमा उनका बुवा चतुर्भुजले बन्दीप्रत्यक्षीकरण रिट दिएकामा यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत असोज ८ मा तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो लगायतका नाममा आदेश जारी गरेको थियो ।

त्यसैगरी, विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पनि नियम अनुसार पेस गर्न भनिएको थियो ।

साथै, सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्टविरुद्ध नेपाल सरकार भएका मुद्दाहरू अवलोकनार्थ मुद्दा साथै राखी पेस गर्न आदेश दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top