आनी छोइङले गरिन् पदभार ग्रहण

३ मंसिर २०८३, बिहीबार
Share this
725shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माद्वारा बुधबार पदभार ग्रहण ।

नियुक्त भएको करिब एक महिनापछि लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा तथा दर्शन गरेपछि कोषको कार्यालयमा पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालिन् ।

Advertisement

पदभार ग्रहण गर्दै उपाध्यक्ष डोल्माले सबै प्राणीको रक्षा र हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने आनीको प्रतिबद्धता ।

लुम्बिनीको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै विकासको गुरुयोजनाअन्तर्गतका बाँकी काम सकेसम्म छिटो सम्पन्न गर्ने उल्लेख ।

यसैगरी, नवनियुक्त सदस्य–सचिव इन्जिनियर सन्तोष पाण्डेय, कोषाध्यक्ष रमेश शेखर बज्राचार्य तथा परिषद् सदस्यहरूले पनि बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाले ।

उनीहरूलाई कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहित कर्मचारीहरूले स्वागत गरेका थिए ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भिक्षुणी तथा प्रसिद्ध गायिका आनी छोइङ डोल्मालाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ अनुसार आनीको कार्यकाल पाँच वर्षको हुने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top