३ मंसिर , काठमाण्डौ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान बनाउन आज बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदै ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा आज मैदान उत्रने ।

यता, चितवनले बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
उक्त खेलमा चितवनका कमिल मिशाराले अविजित १२० रन र रवि बोपाराले ५३ रन बनाएका थिए ।
लगातार दुई सिजन उपविजेता बनेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा ।
पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम तेस्रो प्रयासमा उपाधि उचाल्ने योजनामा रहदा चितवन पहिलोपटक एनपीएलको फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रने ।



