४ मंसिर , काठमाण्डौ।
हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।
महाशाखाका अनुसार देशको हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भाग, उपत्यका तथा खोँचका केही स्थानमा भने विहान हुस्सु र कुहिरो लाग्यो ।

आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली हुने सम्भावना रहेको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने ।
त्यस्तै, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने तथा बाँकी प्रदेशमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान ।
मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहे पनि बिहानको समयमा हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह ।
शनिबार भने देशभर आंशिक बादल लाग्ने ।
कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात तथा मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना



