४ मंसिर , काठमाण्डौ।
कतारको दोहामा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ।
समूह ‘बी’ अन्तर्गतको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै चुनौतीपूर्ण हुने ।

समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन् ।
समूह चरणको पहिलो खेलमा शुक्रबार बिहान पाकिस्तान ‘ए’ र यूएई भिड्दै ।
अनुभवी तीव्र गतिका बलर सोमपाल कामी चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि उनको स्थानमा प्रतिश जीसी र मयन यादव टोलीमा समावेश ।
भारत ‘ए’ को कप्तानी तिलक वर्माले गर्दैछन् ।
टोलीमा उपकप्तान रिंकु सिंह, अभिषेक शर्मा तथा युवा ब्याटर वैभव सूर्यवंशीजस्ता खेलाडी रहेका छन् ।
नेपालले भारत ‘ए’ पछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्ने ।
आठ टोली सहभागी प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनल मंसिर ११ र १२ गते तथा फाइनल मंसिर १४ गते हुनेछ ।



