वैदेशिक रोजगारीमा हुने ठगी र श्रम शोषणमा अब डण्डा

५ मंसिर २०८३, शनिबार
Share this
727shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा हुने ठगी, मानव तस्करी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले बनायो विशेष कार्यदल ।

वैदेशिक रोजगारीमा एउटा कामको सम्झौता गरेर अर्को काममा लगाउने, सम्झौताअनुसार तलब तथा सेवा सुविधा नदिने, भिजिट भिसामार्फत रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने र कन्सल्टेन्सीको आवरणमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न कार्यदल गठन ।

Advertisement

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको उल्लेख ।

बैठकमा श्रममन्त्री रामजी यादवसहित गृह, श्रम, पर्यटन तथा शिक्षा मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक र सम्बन्धित निकायका अधिकारी सहभागी थिए ।

कार्यदललाई ठगी तथा श्रम शोषणका घटनाको सूक्ष्म अनुगमन गर्ने, संलग्न व्यक्ति तथा गिरोहको पहिचान गर्ने र प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउने जिम्मेवारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top