७ मंसिर , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेपनि कोशी प्रदेशसहित गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने ।
महाशाखाले सार्वजनिक गरेको मौसम विश्लेषणअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहदा अन्य भूभागको मौसम भने सामान्यतया सफा रहने ।
यस अवधिमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना ।



