८ मंसिर , काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई तत्काल लागू हुने गरी पुनः अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई पुनः नेतृत्वमा फर्काउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। कम्पनीका अनुसार अमेरिकी सरकारका उच्च अधिकारीहरूसँग समेत छलफल र परामर्श गरेपछि हुआङलाई पुनर्नियुक्ति गरिएको हो । उनको पुनर्नियुक्तिले राष्ट्रिय सुरक्षामा कुनै जोखिम नहुने निष्कर्ष निकालिएको छ।
यसअघि अन्तर्राष्ट्रिय गुप्तचर गतिविधिसम्बन्धी प्रयासको निशानामा हुआङ परेको समाचार सार्वजनिक भएपछि सञ्चालक समितिले स्वतन्त्र निर्देशकहरूको समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो। पुनः नियुक्तिपछि हुआङले एनभिडियाको नेतृत्वमा फर्कन पाउँदा सम्मानित महसुस गरेको बताउँदै कम्पनीलाई नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कम्पनीले राष्ट्रिय सुरक्षा तथा निर्यात नियन्त्रणसम्बन्धी जोखिमको निगरानी गर्न छुट्टै समिति गठन गर्ने पनि बताएको छ। एनभिडियाका सहसंस्थापक जेन्सनलाई पुनः नेतृत्वमा ल्याउन सिलिकन भ्यालीका प्रभावशाली व्यवसायीले दबाब बढाएका थिए । पुनर्बहालीको माग गर्दै थालिएको अनलाइन निवेदनमा एक लाख ६० हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए ।एनभिडियामा लगानी गरेका कम्पनीका प्रमुख ब्राड गेस्र्टनर र गेविन बेकरले पनि बोर्डलाई पत्र लेख्दै हुआङलाई पुनः जिम्मेवारी दिन आग्रह गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको पुनर्नियुक्तिमा आफ्नो आपत्ति नहुने धारणा सार्वजनिक गरेका थिए । जेन्सनसँग सम्बन्धमा रहेकी महिला चिनियाँ गुप्तचर निकायसँग नजिक रहेको विवरण सार्वजनिक भएसँगै कम्पनीले उनलाई सीईओको जिम्मेवारीबाट हटाएको थियो । एनभिडियाले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘छलफलपछि बोर्डले निष्कर्ष निकाल्यो– जेन्सेन हुआङले पूर्ण स्पष्टता र इमानदारीका साथ आफ्ना कुरा राखेका छन् र उनी एनभिडियाको नेतृत्व गर्न सक्षम छन्।’अमेरिकी सञ्चारमाध्यम सीएनबीसीका अनुसार सोमबार जेन्सेन हुआङ प्रवेश गर्दा एनभिडियाको कार्यालयमा उल्लास छाएको थियो। उनको नामको नारा लगाउँदै तीन तलाभरि कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए। उपस्थित कर्मचारीहरूलाई उनले भने, ‘दोस्रो मौका दिनुभएकामा तपाईंहरू सबैलाई धन्यवाद, अब म अझ राम्रो सीईओ बन्नेछु।’चिनियाँ जासुस रहेको आरोप लागेकी महिलालगायतसँग विवाहेतर सम्बन्ध रहेको खुलासा भएपछि हुआङले नोभेम्बर ८ मा कर्मचारीहरूलाई सन्देश पठाउँदै सम्बन्ध स्वीकार गरेका थिए र नोभेम्बर १२ मा सीईओ पदबाट राजीनामा दिएका थिए।
‘द न्युयोर्क टाइम्स’ र ‘रोयटर्स’ले लेखेअनुसार हुआङले एनभिडियाकै दुई महिला कर्मचारीहरूसँग पनि प्रेम सम्बन्ध बनाएका थिए। सार्वजनिक रूपमा बोल्ने आधिकारिक अनुमति नभएकाले कम्पनीका एक व्यक्तिले नाम नखुलाउने सर्तमा दिएको जानकारीअनुसार सोमबार कार्यालयमा ‘जेन्सेन फर्किए’ ९जेन्सेन ब्याक० लेखिएका कपकेक्स बाँडिएको थियो।एनभिडिया सञ्चालक समितिले गत हप्ता मात्रै हुआङलाई अब नफर्काइने बताएको थियो। कम्पनीमा १५ वर्षभन्दा बढी समय बिताएका एनभिडियाका एक पूर्वकर्मचारीले रोयर्टसँग भने, ‘यो सञ्चालक समितिका लागि लज्जाको विषय हो।’ नाम नखुलाउने सर्तमा उनले थपे, ‘सञ्चालक समितिमा केही परिवर्तन हुने सम्भावना छस केही व्यक्तिले पद छाड्न सक्छन् वा उनीहरूको स्थानमा अरू आउन सक्छन्। धेरै कर्मचारीले सञ्चालक समितिले निकै हतारमा कदम चालेको महसुस गरेका छन्।’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सीएनबीसी बताएअनुसार हुआङको फिर्तीमा उनको ठुलो भूमिका छ। यसका लागि उनले सञ्चालक समितिसँग प्रत्यक्ष÷प्रत्यक्ष कुराकानी गरेका थिए। त्यसो त आइतबार बसेको सञ्चालक समितिको बैठकमा ट्रम्पले फोनमार्फत सहभागिता जनाएको पुष्टि भएको सीएनबीसीले जनाएको छ। यो निर्णय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा गरिएको रोयटर्सले उल्लेख गरेको छ। कर्मचारी, सेयरधनी र व्यावसायिक साझेदारहरूका साथै राष्ट्रपति ट्रम्पको बढ्दो दबाबपछि हुआङको पुनरागमन भएको हो। राष्ट्रपति ट्रम्पले गत हप्ता मात्रै आफूले हुआङलाई पुनः सीईओमा फर्किएको हेर्न चाहेको बताएका थिए। एनभिडिया सञ्चालक समितिले हुआङको फिर्तीले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नरहेको बताएको छ। यद्यपि विदेशी गुप्तचर एजेन्सीसँग उनको संलग्नताबारे अनुसन्धान जारी रहने जनाएको छ। चिनियाँ जासुस रहेको आरोप लागेकी एलिस हुआङसँग विवाहेतर सम्बन्ध रहेको खुलेपछि हुआङ पनि अनुसन्धानमा तानिएका हुन्। साथै यसअघि उनले एनभिडियाकै हेल्थकेयरकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध राखेको खुलासा भएको थियो।
विश्वकै सबैभन्दा मूल्यवान् सेमिकन्डक्टर कम्पनी एनभिडियाका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जेन्सन हुआङले आफ्नो विवाहेत्तर सम्बन्ध रहेको स्वीकार गरेका छन् । हुवाङ विदेशी गुप्तचर निकायको निशानामा परेको भन्ने प्रतिवेदन सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले यस विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । ६३ वर्षीय हुवाङले एनभिडियाका कर्मचारीहरूलाई पठाएको पत्रमा आफूबाट गम्भीर गल्ती भएको बताउँदै परिवार र कम्पनीसँग माफी मागेका छन् । “मैले मेरी पत्नीप्रति विश्वासघात गरें, मेरा कार्यहरूले उहाँ र हाम्रा बालबालिकालाई गहिरो चोट पु¥याएका छन्, मैले गरेको कामको कुनै बहाना हुन सक्दैन,“ हुवाङले लेखेका छन् । हुवाङले सन् १९८५ मा लरी हुवाङसँग विवाह गरेका थिए र उनीहरूका दुई सन्तान छन् ।यो विवाद सिङ्गापुरमा आधारित डेटा सेन्टर कम्पनी मेगास्पिड कि पूर्व कार्यकारी एलिस हुवाङसँग जेन्सन हुवाङको निकट सम्बन्ध सार्वजनिक भएपछि सतहमा आएको हो । जेन्सन हुवाङ र एलिस हुवाङबिच कुनै पारिवारिक नाता छैन । अमेरिकी गुप्तचर निकायहरूले एलिस हुवाङलाई चीनको मुख्य गुप्तचर संस्था राज्य सुरक्षा मन्त्रालयले भर्ती गरेको एजेन्ट भएको आशङ्का गरेका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार एलिस हुवाङले एनभिडियाका उच्च प्रविधियुक्त एआई चिप चीनमा गैरकानुनी रूपमा ओसारपसार गर्न र अमेरिकी प्रविधि सम्बन्धी जानकारी सङ्कलन गर्न भूमिका खेलेकी थिइन् ।मेगास्पिडले पछिल्लो दुई वर्षमा एनभिडियाबाट ४।८ अर्ब डलर मूल्यका एड्भान्स एआई चिप खरिद गरेको थियो । जसलाई अलिबाबा जस्ता चिनियाँ दिग्गज प्रविधि कम्पनीहरूलाई कम्प्युटिङ पावर भाडामा दिन प्रयोग गरिएको बताइएको छ । अमेरिकी वाणिज्य विभाग र न्याय विभागले मेगास्पिडमाथि निर्यात प्रतिबन्ध उल्लङ्घन गरेको विषयमा अनुसन्धान गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत वसन्त ऋतुमै ह्वाइट हाउस र उच्च अधिकारीहरूलाई यस विषयमा क्लासिफाइड मेमो मार्फत चेतावनी दिएका थिए । तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेन्सन हुवाङको बचाउ गर्दै उनलाई ’आदरणीय व्यक्ति’ भनेका छन् । ट्रम्पले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले यस विषयमा हुवाङसँग कुरा नगरेको भए पनि उनीप्रति आफ्नो विश्वास कायम रहेको र हुवाङले देशका लागि ठुलो योगदान दिएको बताएका छन् ।
६३ वर्षीय जेन्सेन हुआङले सन् १९९३ मा ३० वर्षको उमेरमा क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग मिलेर एनभिडियाको सह–स्थापना गरेका थिए। कम्पनी स्थापना भएदेखि नै उनी अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० र सञ्चालक समितिका सदस्यका रूपमा कार्यरत छन्। एप्पलका दिवंगत प्रमुख स्टिभ जब्सपछि निकै कम यस्ता सीईओ छन्, जो आफ्नो कम्पनीकै पहिचान बनेका छन्। हुआङले त आफ्नो एक हातमा एनभिडियाको लोगोबाट प्रेरित ट्याटुसमेत खोपाएका छन्।ताइवानमा जन्मिएका हुआङ बाल्यकालमै अमेरिका पुगेका थिए। उनले ओरेगन स्टेट युनिभर्सिटी र स्ट्यानफोर्ड युनिभर्सिटीबाट इन्जिनियरिङ विषयमा डिग्री हासिल गरेका छन्। सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ताअनुसार हुआङ, मालाचोस्की र प्रिमले अमेरिकाको क्यालिफोर्नियास्थित सान होजेमा रहेको डेनीज रेस्टुरेन्टको एक शाखामा भेटघाटका क्रममा एनभिडिया स्थापना गर्ने सहमति गरेका थिए। रोचक कुरा के छ भने हुआङले किशोरावस्थामा त्यही रेस्टुरेन्टमा भाँडा माझ्ने कामसमेत गरेका थिए।
उता जेन्सेन हुआङसँग नाम जोडिएपछि एलिस हुआङ चर्चामा आएकी छन्। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जेन्सेन हुआङसँगको सम्बन्ध र चिनियाँ जासुस भएको आरोपका कारण उनी चर्चामा आएकी हुन्। अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आउनुअघि उनले चीनको सांघाईस्थित एक लगानी कम्पनीमा उच्च पदमा रहेर चिनियाँ वित्तीय क्षेत्रमा आफ्नो करियर बनाएकी थिइन्। त्यसपछि उनी एआई चिप्सको विश्वव्यापी प्रतिस्पर्धाको क्षेत्रमा देखा परिन्। रोयटर्सले समीक्षा गरेका ३० भन्दा बढी सार्वजनिक वित्तीय अभिलेख, कर्पोरेट फाइलिङ तथा कम्पनीका दस्तावेजअनुसार उनी सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलकी नियन्त्रणकारी सेयरधनी बनेकी थिइन्। न्युयोर्क टाइम्सका अनुसार अमेरिकी अधिकारीहरूले एलिसले एनभिडियाका सीईओ जेन्सेन हुआङसँग घनिष्ठ सम्बन्ध स्थापित गरी बेइजिङलाई सूचना पठाउने चिनियाँ गुप्तचर एजेन्टका रूपमा काम गरेको निष्कर्ष निकालेका छन्।
यद्यपि, रोयटर्सले जासुसीसम्बन्धी उक्त आरोपको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। चीनले पनि यी आरोपहरू अस्वीकार गरेको छ। केही दिन अमेरिकी राष्ट्रपतिको चीन भ्रमणका क्रममा यससम्बन्धी प्रश्न सोध्ने ब्लुमबर्गकी पत्रकारलाई बाहिर निकालिएको थियो । हुवाङको बर्खास्तीबारे प्रश्न सोधेपछि पत्रकारलाई चीन, अमेरिका र रुसका नेताहरूको त्रिपक्षीय बैठकमा प्रवेश गर्न रोक लगाइएको थियो । समाचारअनुसार, ट्रम्प र सीबीचको बैठकका क्रममा ब्लुमबर्गकी पत्रकारले सोधेकी थिइन्, ‘राष्ट्रपति ट्रम्प, के जेनसेन हुआङ अमेरिकाप्रति बेइमान भएका हुन् रु’ट्रम्पलाई ‘एनभिडियाका पूर्व प्रमुख हुआङ अमेरिकाप्रति बेइमान भएका हुन्रु’ भन्दै प्रश्न गरेपछि चिनियाँ अधिकारीले पत्रकारलाई बैठकमा जान रोकेका थिए । पत्रकारलाई बैठकमा सहभागी गराउन ह्वाइट हाउसले पहल गरे पनि उनको प्रवेश खुलेको थिएन ।



