९ मंसिर , काठमाण्डौ ।
इरानले आफ्ना सातवटा सर्त पूरा नभएसम्म अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने ।
इरानको संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले मंगलबार संसद्मा सम्बोधन गर्दै अमेरिकासँग वार्ता गर्नुअघि राखिएका सर्त पूरा हुनुपर्ने बताए ।

बीबीसी फारसीका अनुसार गालिबाफले इरानको अडान पहिलेको जस्तै रहेको उल्लेख गर्दै सात सर्त पूरा नभएसम्म कुनै कदम नचालिने र वार्ता पनि नहुने बताए ।
इरान शत्रुको आक्रमणको जवाफ दिन तयार रहेको चेतावनी दिदै शत्रु पक्षबाट कुनै गल्ती भए युद्धको भूगोल नै परिवर्तन गर्न तयार रहेको दाबी ।
इरानका प्रमुख सर्तमा सबै मोर्चामा युद्ध अन्त्य गर्ने, लेबनानमा इजरायलको आक्रमण रोक्ने, इरानमाथिको समुद्री नाकाबन्दी अन्त्य गर्ने तथा अमेरिकाले लगाएका प्रतिबन्ध हटाउने विषय समेटिएका छन्।



