टीभीएस र जगदम्बा मोटर्सद्वारा विभिन्न संस्थालाई २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

९ मंसिर २०८३, बुधबार
Share this
726shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

टीभीएस मोटर कम्पनी र यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादन प्रभावकारी बनाउने र आवागमन सहज बनाउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवालाई ५÷५ वटा प्रदान गरिएको छ ।

त्यस्तै, नुवाकोट केन्द्रीय कारागारलाई १, विदुर नगरपालिकालाई २, त्रिशूली अस्पताललाई १, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई १ र चण्डेश्वरी माध्यमिक विद्यालयलाई १ वटा मोटरसाइकल प्रदान गरिएको छ ।

यसैगरी, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्दाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई एक÷एक वटा मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट तथा रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनरुत्थानमा योगदान पु¥याउने लक्ष्य राखेका छन् ।

स्थानीय संस्थाहरूलाई आवागमनका साधन उपलब्ध हुँदा उनीहरूले समुदायलाई प्रदान गर्ने सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा कम्पनीको छ ।

यसले व्यावसायिक गतिविधिभन्दा बाहिर रहेर पनि नेपाली समुदायको हित र विकासमा योगदान पु¥याउने टीभीएस तथा जगदम्बा मोटर्सको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top