ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ चालक कारबाहीमा

११ मंसिर २०८३, शुक्रबार
Share this
768shares

११ मंसिर , काठमाण्डौ ।

Advertisement

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा ती चालकहरु कारबाहीमा परेका उल्लेख ।

Advertisement

कार्यालयले सार्वजनिक गरेको दैनिक ट्राफिक कारबाही विवरणअनुसार तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाउने ११७ जना चालक, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जनालाई ट्राफिक प्रहरीको नियन्त्रणमा ।

यसैगरी, सिसिटिभी निगरानीमार्फत ट्राफिक नियम उल्लङ्घन गरेको पाइएका ४७ जना र ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३९ जना चालक कारबाहीमा ।

त्यस्तै, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ३४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने ६ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयको जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top