१३ मंसिर , काठमाण्डौ ।
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा दैनिक ५ घण्टा बन्द रहने ।
सडकखण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि बिहान ११ देखि अपराह्न ४ बजेसम्म दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको जानकारी ।

यो खण्डमा पहिरो रोकथामको काम हुने ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन बन्द ।
चितवन, नवलपुर, बुटवल, दाङलगायत पश्चिम नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडकखण्ड बन्द हुँदा यात्रु तथा सवारीसाधन प्रभावित ।



