‘छक्का पञ्जा ३’ को दुई हप्ताको कमाई तेह्र करोड साठी लाख, तोड्ला त ‘छक्कापञ्जा’को रेकर्ड ?

८ कात्तिक ७५, शुक्रबार

काठमाडौँ, कात्तिक ८
घटस्थापनादेखि प्रदर्शनमा उत्रिएको ‘छक्का पञ्जा ३’ को दुई हप्ते कलेक्सन रिपोर्ट बाहिर आएको छ । निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार फिल्मले प्रदर्शनको दुई हप्तामा १३ करोड ६० लाख ग्रस कलेक्सन गरेको छ ।

२ करोड आसपासमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफातर्फ आफूलाई र्डोयाएको थियो ।

वर्ष २०७५ को मध्यान्तरसम्ममा सरदर ५० बढी फिल्म रिलिज भएपनि २ – ३ फिल्मले मात्र नाफा कमाए् । बाँकी फिल्मले लगानी सुरक्षित गर्न समेत सकेनन् । आधा वर्षमा निर्माताको करीब ८० देखि ९० करोड डुबिसकेको छ । वर्षको अन्त्यसम्ममा यो हिसाब अझै बढ्नेछ ।

Advertisement

‘रामकहानी’ र ‘इन्टु मिन्टु लण्डनमा’ले औसत व्यापार गर्यो भने वर्षको पहिलो हिट फिल्म बनेको थियो ‘नाईं नभन्नू ल ५’ । फुलपातीदेखि प्रदर्शनमा आएको फिल्म‘जय भोल’ले पनि लगानी सुरक्षित गरेको छ । बुधवार निर्माता तथा निर्देशक अशोक शर्माका अनुसार फिल्मले पहिलो हप्तामा ३ करोडमाथि कमाइसकेको छ ।

‘छक्का पञ्जा ३’ सँगै निर्देशक निरौलाले हिट फिल्ममा ह्याट्रिक मारेकी छन् । सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरिएको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

Advertisement

प्रदर्शनको दुई दिनमा नै यो फिल्मले २ करोडमाथि कमाएको थियो । अब यो फिल्म ‘छक्का पञ्जा’ को १६ करोडको एतिहासिक कलेक्सन रेकर्ड ब्रेक गर्ने दौडमा छ । सफल होला वा असफल ? यो भने हेर्न बाँकी छ ।

फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top