२ महिनाभित्र ५ लाख लाइसेन्स वितरण गर्ने विभागको तयारी, प्रदेश मोडेलमा यसरी हुनेछ मोटरसाइकल दर्ता

९ कात्तिक ७५, शुक्रबार
Share this
778shares

काठमाडौं, कात्तिक ८
यातायात व्यवस्था विभागले २ महिनाभित्र ५ लाख स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी गरको छ । निजी क्षेत्रलाई लाइसेन्स छाप्ने जिम्मा दिएर विभागले छरितो रुपमा लाइसेन्स वितरण गर्न लागेको हो ।

Advertisement

विभागले लाइसेन्स छाप्नका लागि मालिका इन्कार्पोरेटलाई जिम्मा दिएको छ । सो कम्पनीसँग विभागले ४५ दिनभित्रमा ५ लाख कार्ड छाप्ने गरी सहमति गरेको हो ।

कम्पनीले प्रतिकार्ड १५ रुपैंया प्राप्त गर्ने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार कम्पनीले विभागलाई लाइसेन्स उपलब्ध गराउने बित्तिकै वितरण गरिनेछ । सेवाग्राहीले लाइसेन्स बने नबनेको एसएमएसबाट जानकारी लिन सक्नेछन् ।

Advertisement

प्रदेश मोडेलमै दुईपाङग्रे दर्ता शुरु हुने

अञ्चल अनुसार दर्ता हुदैँ आएको २ पाङग्रे सवारी दर्ता अब प्रदेश मोडेलमा दर्ता शुरु हुने भएको छ । प्रदेश मोडेलमा मोटरसाइकल दर्ता शुरु गर्न मन्त्रिपरिषदले निर्देशन दिइसकेको विभागका निर्देशक उपाध्यायले बताए ।

Advertisement

दुई पाङग्रे सवारी दर्ता गर्न सरकारले बिहिबार नै राजपत्र प्रकाशित गरिसकेको छ । जसअनुसार ३ नम्बर प्रदेशमा दर्ता हुने प्लेटको अगाडी प्रदेश ३ ००१ प १२८६ पछाडीको प्लेटमा ००१ प १२८६ हुनेछ ।

नेपालमा सबैभन्दा लोकप्रिय बन्दै गएको सवारी मोटरसाइकलको संख्या २५ लाख नाघिसकेको छ । यसमध्ये बाग्मतिमा ९ हजार ९ सय ९९ वटा मोटरसाइकल पुगिसेको छ । विभागले प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता गर्ने गरको छ । साबिकको बाग्मती अञ्चलमा दर्ता हुने मोटसाइकलको ९९ सय लट पुगेपछि थप दर्ता गर्नको लागि कानूनी जटिलता परेको थियो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top