पोखरा प्रिमियर लिगमा बुटवलको शानदार जित, पारसको टिम ६५ रनमा समेटियो

Share this
716shares

पोखरा, कात्तिक १०
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । बुटवलले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७ औं ओभरमा ६५ रनमै समेटियो ।

Advertisement

तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गरेपछि चितवनको शीर्षक्रम ध्वस्त भएको थियो । सोमपालले ३ ओभरको पहिलो स्पेलमा ८ रन खर्चेर ४ विकेट लिएका थिए । उनले ओपनर अनिल साह, कप्तान पारस खड्का, आरिफ शेख र स्मित पटेललाई आउट गरेका थिए । चितवनका दुवै ओपनर शून्यमा आउट भएका थिए भने आरिफ पहिलो बलमै पेभेलियन फर्किए ।

चितवनले तेस्रो ओभरमै १० रनको स्थितिमा ४ विकेट गुमाएको थियो । भुवन कार्कीले सर्वाधिक १९ रन तथा कप्तान पारस खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका लागि सोमपालले ४, ललित सिंह भण्डारीले २ तथा रोहन मुस्तफा, विपिन खत्री र अभिनाश बोहोराले १–१ विकेट लिए ।

Advertisement

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।बुटबलका लागि सागर पुनले ४६ रनको योगदान दिए ।

सागर र शंकर रानाले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै बुटवलको इनिङ्स उकासेका थिए । शंकर रानाले ४८ रन बनाए । सिद्धान्त लोहनी १७ रनमा नटआउट रहे । कप्तान सोमपाल कामीले ६ रन बनाए ।

Advertisement

ओपनर चिराग सुरी १ तथा भीन सार्की २ रनमा पभेलियन फर्किए । रोहन मुस्ताफा शुन्य रनमा आउट आउट भए । चितवनका लागि करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौ र छैटौ बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । रामनरेश गिरी र शक्ति गौचनले समान १ विकेट बाँडे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top