थुनुवा फरार प्रकरणः प्रहरी हवल्दार र जवान मात्रै निलम्बन

विराटनगर, कार्तिक १०

Advertisement

विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षबाट दुईजना थुनुवा फरार भएको घटनामा सो कार्यालयमा कार्यरत दुई प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सांझ जारी गरेको विज्ञप्तिमा प्रहरी हवल्दार जिरालाल रौनियार र प्रहरी जवान जगन्नाथ बास्केलाई निलम्वन गरिएको उल्लेख छ । यस्तै छानविनकालागि जिल्ला प्रहरी कार्यालय मोरङले समिति समेत गठन गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतकक्षबाट मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलम भागेपछि छानविन गर्न डिएसपी निशान थापाको नेतृत्वमा पांच सदस्यीय छानविन समिति गठन भएको हो ।

समितिले शुक्रवारबाटै काम थालेको छ । शुक्रवार विहान १ बजेदेखि ३ बजेको बिचमा अभियुक्तहरुले भेण्टीलेसनको ६ वटा रड काटेर फरार भएका थिए । बिहिवार इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा राखिएको थियो ।

Advertisement

अस्फाक हत्या आरोपमा पक्राउ परेका ५ मध्ये मुख्य अभियुक्त हुसेन र आलमलाई छुट्टै कोठामा राखिएको थियो भने अन्य ३ आरोपी सहित १६ जनालाई छुट्टै कक्षमा राखिएको थियो । सो घटनाको समय डिउटीमा रहेका अन्य प्रहरीलाई जिल्ला तानेर अनुसन्धान सुरु गरिएको डिएसपी थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top