खाजाघर सञ्चालन गर्दै लागुऔषध बेच्दै, २२ वर्षीया युवती पक्राउ

१० कात्तिक ७५, शनिबार
Share this
763shares

भक्तपुर,कात्तिक १०

Advertisement

अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ ।

Advertisement

गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले वाइवाको साथबाट पोल्याण्ड भनिने गाँजा ३० ग्राम, गाँजा ८२ पोका अर्थात दुई केजी ४६० ग्राम, गाँजा पोका पार्न राखिएको प्लाष्टिक एक केजी ७०० ग्राम बरामद गरेको छ ।

Advertisement

वाइवामाथि थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाएको पनि उनले जानकारी दिए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top