भारतीय नम्बरको स्कारपियोबाट पेस्तोलसहित तीन जना पक्राउ

१० कात्तिक ७५, आइतबार

वीरगञ्ज,कात्तिक १०

Advertisement

वीरगञ्ज महानगरपालिका–१६ बाट पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट एपीएफ टोलीले भारतीय नम्बरको स्कारपियो जाँच गर्ने क्रममा एउटा पेस्तोल, सोको दुईवटा म्याग्जिन र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको हो ।

Advertisement

भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियोमा सवार भारत बिहारका अवद बिहारी प्रसाद, उमेशप्रसाद गुप्ता र गाडी चालक ओमप्रकाश पासवान लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top