×

NEPAL TIMES UPDATES

Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026
Playing
बालेनको वर्चस्व, रवि राजनेता ! गगनका लागि लाभ कि हानी ? || Nepal Times
Apr 28, 2026
Playing
बालेन दिल्ली कहिले जाने? गृहकार्य गर्दै दुवै देशका परराष्ट्र मन्त्रालय || Nepal Times
Apr 28, 2026

पोखरेल र शाही मुख्यमन्त्री पक्का, अरु को?

२८ मंसिर २०७४

मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार देशका ७ मध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने भएको छ। प्रदेश नम्बर दुईबाहेक सबैमा एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ बहुमत पाएका छन्। समानुपातिकको मत जोड्दा उनीहरूको मत झनै बढ्ने छ।
बहुमत ल्याएपछि ६ प्रदेशमा वाम गठबन्धनले मुख्यमन्त्री पनि दुई पार्टीबीच बाँड्ने भएको छ।

चुनावअघि ६० र ४० प्रतिशत सिट बाँडफाँट गरेका एमाले र माओवादीले मुख्यमन्त्री पनि त्यही आधारमा बाँड्ने लगभग निश्चित छ।
एमाले स्थायी समितिका एक सदस्यले ४ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीका मुख्यमन्त्री बनाउने सम्भावना रहेको बताए। उनका अनुसार प्रदेश नम्बर १, ३, ४, ५ मा एमालेका अनि ६ र ७ मा माओवादी मुख्यमन्त्री हुने सम्भावना बलियो छ।

Advertisement
Advertisement

प्रदेश नम्बरको १ मुख्यमन्त्रीमा एमालेका दुई जना दाबेदार छन्। चुनावअघि नै मुख्यमन्त्रीको दाबीसहित मन्त्री भइसकेका एमालेका दुई नेता शेरधन राई र भीम आचार्य प्रदेश सभामा चुनाव लड्न गएका थिए।

उनीहरू दुवैले चुनाव जितेका छन्। राईले भोजपुरबाट चुनाव जितेका छन् भने आचार्यले सुनसरीबाट। मुख्यमन्त्री बन्ने सम्भावना भने आचार्यभन्दा राईको बढी भएको एमाले नेताहरू बताउँछन्। त्यसका दुई कारण छन्।

पार्टीभित्र राई अध्यक्ष केपी ओली खेमाका हुन् भने आचार्य झलनाथ खनाल नजिक हुन्। पार्टी अध्यक्षसँग मात्र होइन गृहजिल्ला एउटै भएकाले राईको निकटता राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छ। राष्ट्रपति भण्डारीकै जोडबलमा उनी अोली सरकारमा मन्त्री भएको मान्नेहरू एमालेमा धेरै छन्।

आचार्य भने ओली सरकारमा पर्यटन मन्त्री हुँदा विवादमा परेका थिए। उनी खनालको कोटामा मन्त्री बनेका थिए। तर खनालसँग विवाद बढेपछि उनकै सिफारिसमा आचार्य फालिए। आचार्यलाई फालेर खनालले आफ्ना पूर्व स्वकीय सचिव दिनेश चन्द्र अमात्यलाई मन्त्री बनाए। खनाल र आचार्यबीच आर्थिक विषयलाई लिएर मनमुटाव भएको मान्ने एमालेमा धेरै छन्।

यसपालिको चुनावमा पनि आचार्यले टिकट वितरणमा न्याय नगरेकोले एमालेले सुनसरीमा राम्रो नतिजा ल्याउन नसकेको आरोप उनी माथि छ। देशभरी वाम लहर आएको बेला पनि सुनसरीका चार निर्वाचन क्षेत्र मध्ये तीनमा कांग्रेसले जितेको थियो।

राईको सम्भावना बलियो हुनुको अर्को कारण त्यो प्रदेशको किराँत समुदायको बाहुल्यता पनि हो। प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंंगा, धनकुटालगायत जिल्लामा किराँत समुदायको बाहुल्यता छ। समुदायका हिसाबले पनि सो प्रदेशमा राई मुख्यमन्त्रीका बलिया दाबेदार हुन्।

प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका दाबेदारमा एमालेका दुई नेता छन्— अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे। शाक्य एमालेकी निर्वाचित उपाध्यक्ष हुन् भने राजेन्द्र पाण्डे गएको पार्टी अधिवेशनमा उपाध्यक्षका पराजित उम्मेद्वार हुन्। शाक्य पाण्डेभन्दा ‘सिनियर’ नेता हुन्।

केन्द्रीय संसदको पनि सजिलै टिकट पाउन सक्ने शाक्यलाई माधव नेपालले नै चुनावअघि पछि मुख्यमन्त्री बन्न मिल्ने भएकाले प्रदेशमा लड्न सुझाएका थिए।

पार्टीभित्रको आन्तरिक समिकरण मिलाउँदा पनि अध्यक्ष ओलीले एउटा प्रदेशको मुख्यमन्त्री नेपाल पक्षलाई दिनुपर्ने हुन्छ।

त्यसमाथि वाम गठबन्धनले ६ प्रदेशमा सरकार बनाउँदा एउटामा महिला मुख्यमन्त्री बनाउनु पर्ने आवाज पक्कै उठ्छ। अन्य प्रदेशसभामा शाक्यजस्तो राजनीतिक उचाइ भएका महिला नभएकाले उनी स्वतः दाबेदार हन्। तीन नम्बरमा प्रदेशमा ठूलो नेवार समुदायको पनि प्रतिनिधित्व हुने भएकाले शाक्यको सम्भावना बलियो छ।

प्रदेश नम्बर चारको मुख्यमन्त्रीका दाबेदार दुवैजना गुरुङ समुदायका छन्, पृथ्वीसुब्बा र किरण गुरुङ। एमाले सचिवसमेत रहेका गुरुङ ओली खेमाका नेता हुन्। ओलीको रोजाईमा पृथ्वी सुब्बा नै पर्नेछन्।

तर, एमाले उपाध्यक्ष वामदेव गौतमलाई कसरी चित्त बुझाउने? भन्ने कुरासँग प्रदेश नम्बर चारमा मुख्यमन्त्री को बन्छ? भन्ने विषय जोडिएको छ।
पार्टीभित्र किरण पुराना नेता हुन्, उनी २०४८ सालमै सांंसद भएसकेका थिए।

वामदेवसँग उनको लामो निकटता छ। पार्टी फुट्दा उनी वामदेव गौतम नेतृत्वको नेकपा मालेमा लागेका थिए। यसपालि एमाले उपाध्यक्ष गौतम बर्दियाबाट पराजित भएका छन्। वाम गठबन्धनको पक्षमा देशभर लहर आउँदा पनि उनी भने पराजित भए। उनको पराजयलाई लिएर एमाले भित्रै विभिन्न टिकाटिप्पणी भएको एक एमाले नेताले बताए। आफ्ना निकटहरूसँग वामदेव स्वयंमले पनि आफूलाई पार्टी भित्रैबाट हराइएको बताएका छन्।

एमाले र माओवादीबीच पार्टी एकता हुँदै गर्दा गौतम आफूसँगै हुन् भन्नेमा एमाले अध्यक्ष ओली सचेत रहनेछन्। त्यसैले गौतमले अड्डी कसे भने चार नम्बर प्रदेशमा किरण गुरुङ मुख्यमन्त्री बन्ने सम्भावना पनि बलियो छ।

पाँच नम्बरको मुख्यन्त्रीमा एमालेका शंकर पोखरेलबाहेक अरु कसैको दाबी नै छैन। पोखरेललाई मुख्य मन्त्री बनाउने सहमतिमै एमाले र माओवादीको सिट बाँडफाँट हुँदा दाङ २ मा माओवादीका कृष्णबहादुर महरालाई छोडेर पोखरेल प्रदेश सभामा उठेका थिए।

चुनावअघि नै उनले आफूलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै प्रदेशको विकासको खाका नै सार्वजनिक गरिसकेका छन्। बाँडफाँटमा प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउनेछ। उर्जामन्त्री भइसकेका माओवादी नेता महेन्द्रबहादुर शाही यहाँ मुख्यमन्त्रीका बलिया दाबेदार छन्।

अघिल्लो चुनावमा कालिकोटबाट केन्द्रीय सांसद चुनिएका उनले यसपालि मनोनयन दर्ताको अन्तिम दिनमात्र प्रदेशबाट लड्ने सार्वजनिक गरेका थिए। माओवादी भित्र उनको दाबीलाई कसैले चुनौती दिएको छैन। त्यो प्रदेशमा एमालेका दुई नेताहरू, यमलाल कँडेल र प्रकाश ज्वाला पनि मुख्यमन्त्रीका दाबेदार छन्। तर माओवादीको भागमा यो प्रदेश परेपछि उनीहरूको सम्भावना कम देखिन्छ।

७ नम्बर प्रदेशको मुख्यमन्त्री पनि माओवादीको भागमा पर्ने बलियो सम्भावना छ। तर त्यहाँ दुवै पार्टीबाट मुख्यमन्त्रीका बलिया दाबेदार नेता छैनन्। माओवादीका सिनियर नेता यो प्रदेश सभामा सदस्य छैनन्। ‘हाम्रा स्वभाविक दाबेदार नेताहरू छैनन्, भएका साथीहरूमध्ये को हुन् सक्छ भन्ने छलफल भइरहेको छ,’ सात नम्बर प्रदेशका एक माओवादी नेताले सेतोपाटीसँग भने।

सात नम्बर प्रदेशको मुख्यमन्त्री एमालेले नै राखेर त्यसको साटो केन्द्रीय सरकारमा माओवादीलाई मन्त्री मिलाउने सम्भावना पनि छ। त्यसो भयो भने एमालेका कर्णबहादुर थापा मुख्यमन्त्रीका दाबेदार हुन्छन्।

प्रदेश नम्बर दुईमा भने मधेसवादी दुई दल राजपा र फोरमले बहुमत ल्याएका छन्। मुख्यमन्त्री पनि चुनावी तालमेल गरेका यी दुई दलबाट हुने सम्भावना छ।

Advertisement

मुख्यमन्त्रीको दाबीसहित राजपा महासचिव मनिष सुमन प्रदेशसभा उठेका थिए। चुनाव जितेपछि उनी प्रमुख दाबेदार बनेर आएका छन्।  तर २ नम्बरको प्रदेश सभामा फोरमले धेरै सिट जितेकाले मुख्य मन्त्री पनि सोही पार्टीले पाउने सम्भावना छ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top