NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

पोखरेल र शाही मुख्यमन्त्री पक्का, अरु को?

बिहिबार मंसिर २८ , २०७४
A A
पोखरेल र शाही मुख्यमन्त्री पक्का, अरु को?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार देशका ७ मध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने भएको छ। प्रदेश नम्बर दुईबाहेक सबैमा एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ बहुमत पाएका छन्। समानुपातिकको मत जोड्दा उनीहरूको मत झनै बढ्ने छ।
बहुमत ल्याएपछि ६ प्रदेशमा वाम गठबन्धनले मुख्यमन्त्री पनि दुई पार्टीबीच बाँड्ने भएको छ।

चुनावअघि ६० र ४० प्रतिशत सिट बाँडफाँट गरेका एमाले र माओवादीले मुख्यमन्त्री पनि त्यही आधारमा बाँड्ने लगभग निश्चित छ।
एमाले स्थायी समितिका एक सदस्यले ४ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीका मुख्यमन्त्री बनाउने सम्भावना रहेको बताए। उनका अनुसार प्रदेश नम्बर १, ३, ४, ५ मा एमालेका अनि ६ र ७ मा माओवादी मुख्यमन्त्री हुने सम्भावना बलियो छ।

प्रदेश नम्बरको १ मुख्यमन्त्रीमा एमालेका दुई जना दाबेदार छन्। चुनावअघि नै मुख्यमन्त्रीको दाबीसहित मन्त्री भइसकेका एमालेका दुई नेता शेरधन राई र भीम आचार्य प्रदेश सभामा चुनाव लड्न गएका थिए।

LS Auto

उनीहरू दुवैले चुनाव जितेका छन्। राईले भोजपुरबाट चुनाव जितेका छन् भने आचार्यले सुनसरीबाट। मुख्यमन्त्री बन्ने सम्भावना भने आचार्यभन्दा राईको बढी भएको एमाले नेताहरू बताउँछन्। त्यसका दुई कारण छन्।

पार्टीभित्र राई अध्यक्ष केपी ओली खेमाका हुन् भने आचार्य झलनाथ खनाल नजिक हुन्। पार्टी अध्यक्षसँग मात्र होइन गृहजिल्ला एउटै भएकाले राईको निकटता राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छ। राष्ट्रपति भण्डारीकै जोडबलमा उनी अोली सरकारमा मन्त्री भएको मान्नेहरू एमालेमा धेरै छन्।

आचार्य भने ओली सरकारमा पर्यटन मन्त्री हुँदा विवादमा परेका थिए। उनी खनालको कोटामा मन्त्री बनेका थिए। तर खनालसँग विवाद बढेपछि उनकै सिफारिसमा आचार्य फालिए। आचार्यलाई फालेर खनालले आफ्ना पूर्व स्वकीय सचिव दिनेश चन्द्र अमात्यलाई मन्त्री बनाए। खनाल र आचार्यबीच आर्थिक विषयलाई लिएर मनमुटाव भएको मान्ने एमालेमा धेरै छन्।

यसपालिको चुनावमा पनि आचार्यले टिकट वितरणमा न्याय नगरेकोले एमालेले सुनसरीमा राम्रो नतिजा ल्याउन नसकेको आरोप उनी माथि छ। देशभरी वाम लहर आएको बेला पनि सुनसरीका चार निर्वाचन क्षेत्र मध्ये तीनमा कांग्रेसले जितेको थियो।

राईको सम्भावना बलियो हुनुको अर्को कारण त्यो प्रदेशको किराँत समुदायको बाहुल्यता पनि हो। प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंंगा, धनकुटालगायत जिल्लामा किराँत समुदायको बाहुल्यता छ। समुदायका हिसाबले पनि सो प्रदेशमा राई मुख्यमन्त्रीका बलिया दाबेदार हुन्।

प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका दाबेदारमा एमालेका दुई नेता छन्— अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे। शाक्य एमालेकी निर्वाचित उपाध्यक्ष हुन् भने राजेन्द्र पाण्डे गएको पार्टी अधिवेशनमा उपाध्यक्षका पराजित उम्मेद्वार हुन्। शाक्य पाण्डेभन्दा ‘सिनियर’ नेता हुन्।

केन्द्रीय संसदको पनि सजिलै टिकट पाउन सक्ने शाक्यलाई माधव नेपालले नै चुनावअघि पछि मुख्यमन्त्री बन्न मिल्ने भएकाले प्रदेशमा लड्न सुझाएका थिए।

पार्टीभित्रको आन्तरिक समिकरण मिलाउँदा पनि अध्यक्ष ओलीले एउटा प्रदेशको मुख्यमन्त्री नेपाल पक्षलाई दिनुपर्ने हुन्छ।

त्यसमाथि वाम गठबन्धनले ६ प्रदेशमा सरकार बनाउँदा एउटामा महिला मुख्यमन्त्री बनाउनु पर्ने आवाज पक्कै उठ्छ। अन्य प्रदेशसभामा शाक्यजस्तो राजनीतिक उचाइ भएका महिला नभएकाले उनी स्वतः दाबेदार हन्। तीन नम्बरमा प्रदेशमा ठूलो नेवार समुदायको पनि प्रतिनिधित्व हुने भएकाले शाक्यको सम्भावना बलियो छ।

प्रदेश नम्बर चारको मुख्यमन्त्रीका दाबेदार दुवैजना गुरुङ समुदायका छन्, पृथ्वीसुब्बा र किरण गुरुङ। एमाले सचिवसमेत रहेका गुरुङ ओली खेमाका नेता हुन्। ओलीको रोजाईमा पृथ्वी सुब्बा नै पर्नेछन्।

तर, एमाले उपाध्यक्ष वामदेव गौतमलाई कसरी चित्त बुझाउने? भन्ने कुरासँग प्रदेश नम्बर चारमा मुख्यमन्त्री को बन्छ? भन्ने विषय जोडिएको छ।
पार्टीभित्र किरण पुराना नेता हुन्, उनी २०४८ सालमै सांंसद भएसकेका थिए।

वामदेवसँग उनको लामो निकटता छ। पार्टी फुट्दा उनी वामदेव गौतम नेतृत्वको नेकपा मालेमा लागेका थिए। यसपालि एमाले उपाध्यक्ष गौतम बर्दियाबाट पराजित भएका छन्। वाम गठबन्धनको पक्षमा देशभर लहर आउँदा पनि उनी भने पराजित भए। उनको पराजयलाई लिएर एमाले भित्रै विभिन्न टिकाटिप्पणी भएको एक एमाले नेताले बताए। आफ्ना निकटहरूसँग वामदेव स्वयंमले पनि आफूलाई पार्टी भित्रैबाट हराइएको बताएका छन्।

एमाले र माओवादीबीच पार्टी एकता हुँदै गर्दा गौतम आफूसँगै हुन् भन्नेमा एमाले अध्यक्ष ओली सचेत रहनेछन्। त्यसैले गौतमले अड्डी कसे भने चार नम्बर प्रदेशमा किरण गुरुङ मुख्यमन्त्री बन्ने सम्भावना पनि बलियो छ।

पाँच नम्बरको मुख्यन्त्रीमा एमालेका शंकर पोखरेलबाहेक अरु कसैको दाबी नै छैन। पोखरेललाई मुख्य मन्त्री बनाउने सहमतिमै एमाले र माओवादीको सिट बाँडफाँट हुँदा दाङ २ मा माओवादीका कृष्णबहादुर महरालाई छोडेर पोखरेल प्रदेश सभामा उठेका थिए।

चुनावअघि नै उनले आफूलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै प्रदेशको विकासको खाका नै सार्वजनिक गरिसकेका छन्। बाँडफाँटमा प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउनेछ। उर्जामन्त्री भइसकेका माओवादी नेता महेन्द्रबहादुर शाही यहाँ मुख्यमन्त्रीका बलिया दाबेदार छन्।

अघिल्लो चुनावमा कालिकोटबाट केन्द्रीय सांसद चुनिएका उनले यसपालि मनोनयन दर्ताको अन्तिम दिनमात्र प्रदेशबाट लड्ने सार्वजनिक गरेका थिए। माओवादी भित्र उनको दाबीलाई कसैले चुनौती दिएको छैन। त्यो प्रदेशमा एमालेका दुई नेताहरू, यमलाल कँडेल र प्रकाश ज्वाला पनि मुख्यमन्त्रीका दाबेदार छन्। तर माओवादीको भागमा यो प्रदेश परेपछि उनीहरूको सम्भावना कम देखिन्छ।

७ नम्बर प्रदेशको मुख्यमन्त्री पनि माओवादीको भागमा पर्ने बलियो सम्भावना छ। तर त्यहाँ दुवै पार्टीबाट मुख्यमन्त्रीका बलिया दाबेदार नेता छैनन्। माओवादीका सिनियर नेता यो प्रदेश सभामा सदस्य छैनन्। ‘हाम्रा स्वभाविक दाबेदार नेताहरू छैनन्, भएका साथीहरूमध्ये को हुन् सक्छ भन्ने छलफल भइरहेको छ,’ सात नम्बर प्रदेशका एक माओवादी नेताले सेतोपाटीसँग भने।

सात नम्बर प्रदेशको मुख्यमन्त्री एमालेले नै राखेर त्यसको साटो केन्द्रीय सरकारमा माओवादीलाई मन्त्री मिलाउने सम्भावना पनि छ। त्यसो भयो भने एमालेका कर्णबहादुर थापा मुख्यमन्त्रीका दाबेदार हुन्छन्।

प्रदेश नम्बर दुईमा भने मधेसवादी दुई दल राजपा र फोरमले बहुमत ल्याएका छन्। मुख्यमन्त्री पनि चुनावी तालमेल गरेका यी दुई दलबाट हुने सम्भावना छ।

मुख्यमन्त्रीको दाबीसहित राजपा महासचिव मनिष सुमन प्रदेशसभा उठेका थिए। चुनाव जितेपछि उनी प्रमुख दाबेदार बनेर आएका छन्।  तर २ नम्बरको प्रदेश सभामा फोरमले धेरै सिट जितेकाले मुख्य मन्त्री पनि सोही पार्टीले पाउने सम्भावना छ।

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.