अज्ञात समुहद्धारा धारिलो हतियार प्रहारबाट १ को मत्यु

अज्ञात समुहद्धारा धारिलो हतियार प्रहारबाट १ को मत्यु

धनकुटा, कार्तिक १७
धनकुटाको धनकुटा नगरपालिका–१ स्थित हिले–छिन्ताङ सडक खण्डमा लागेको मेलामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट शनिवार १ जनाको मृत्यु भएको छ ।

धारिलो हतियार प्रहारबाट सुनसरी ईटहरी उप–महानगरपलिका–१५ स्थित परडिया बस्ने ३५ बर्षीय राम बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सो घटनाकोे अनुसन्धान भइरहेको छ भने घटना सम्बन्धमा सोधपुछका लागि २८ जनालाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.