विराटनगर,कार्तिक १८
विराटनगरमा भ्यू टावर बन्ने भएको छ । विराटनगर महानगरपालिका स्थित वडा नम्बर ३ मा भ्यूटावर बनाइने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावर निर्माणस्थलमा आइतबार टावरको शिलान्यास गरेका छन् ।
टावरको शिलान्यास गर्दे पण्डितले विराटनगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भ्यूटावर महत्वपूर्ण हुने बताए । टावर निर्माणका लागि तिनै तहको सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए ।
कार्यक्रममा प्रदेश सरकारका कार्यबाहक मूख्यमन्त्री कार्कीले पनि तिनै तहको सरकारसँग साझेदारी गरेर अगाडि बढ्ने बताए । ४ अर्वको लागत अनुमान गरिएको टावरको उचाई १ सय १० मिटर हुनेछ ।
१ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुनेछ जसका लागि डिपिआर निर्माण सुरु भएको छ । टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टोर, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र समेत रहने छन ।